गृहमन्त्रीका पिएसओ टंक कार्कीमाथि अनुसन्धान

सुन तस्करसँग 'कनेक्सन'
मंगलबार, भदौ ७, २०७९

काठमाडौँ ।  नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालेको छ । केही दिनदेखि छापा तथा अनलाइनमा ‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले उक्त विषयमा छानबिन तथा अनुसन्धान भइरहेको जनाएको हो ।  
केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आज एक विज्ञप्ति जारी गरी कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखामा झिकाई  छानबिन तथा अनुसन्धान भइरहेको जनाएका छन् ।
“छानबिन तथा अनुसन्धानपश्चात् उनी दोषी देखिए कानूनबमोजिम कारबाही गर्ने व्यहोरासमेत अनुरोध गर्दछु”, राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।–रासस

 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार