बलात्कार मुद्धाका दोषी १८ बर्ष पछि पक्राउ 

मंगलबार, भदौ ७, २०७९

सुनसरी,  । जबरजस्ती करणी मुद्दाका फरार रहेका एक ब्यक्ति १८ बर्ष पछि पक्राउ परेका छन ।बराहक्षेत्र नगरपालिका–५ का सुरज विश्वकर्मालाई  १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार १४ वर्षिया किशोरीलाई आफ्नै घरमा ४–५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती किशीरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी फरार भएको थिए ।सो घटनमा संलग्न भएको भन्दै विश्वकर्मालाई सर्वोच्च अदालतले ९ वर्ष ५ महिना १९ दिन कैद ठहर गरेको थियो ।लुकिछिपी बसेको अवस्थामा प्रहरीले बराहक्षेत्र–५ भरौलबाट पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मालाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार