स्थानीय र प्रहरीबीच झडप, तीन घाइते

मंगलबार, भदौ ७, २०७९

राजविराज, । सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा स्थानीय र प्रहरीबीच आज झडप भएको छ । स्थानीय घुरन साहको घरमा अवैधरुपमा कपडा लुकाइछिपाइ राखेको समान बरामद गर्ने क्रममा झडप भएको प्रहरीको भनाइ छ ।  तस्करी गरेर ल्याइएको समान घरमा राखेको अवस्थामा खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पु¥याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि झडप भएको बुझिएको छ । सो झडपमा परेर प्रहरी र केही  स्थानीयवासी घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेका छन् । स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुडा गर्दा तीन प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   रासस 


 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार