काठमाडौँबाट आपराधिक क्रियाकलापमा संलग्न ८८ पक्राउ

मंगलबार, भदौ ७, २०७९
मयुर प्लाई

काठमाडौँ, ।  जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९र८० को पहिलो साउन महिनामा आपराधिक क्रियाकलापमा सङ्लग्न ८८ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले साउन १ गतेदेखि ३१ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र जरिवना तोकिएका ८८ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको जानकारी दिए । पक्राउ परेकासँग अदालतले ११ वर्ष सात महिना २८ दिन कैद भुक्तान र रु ४१ लाख ९१ हजार ३२२ जरिवाना असुल गरेको छ ।   रासस
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार