इरानी सैन्य सल्लाहकार सिरियामा मारिए

मंगलबार, भदौ ७, २०७९
Global Ime Bank


तेहरान,  । सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरका एक वरिष्ठ सदस्यको मृत्यु भएको सरकारी स्वामित्वको प्रेस टिभीले मङ्गलबार जनाएको छ ।युद्धग्रस्त देशमा सैन्य सल्लाहकारको रूपमा काम गरेका अबोलफजल अलीजानीको सोमबार बिहान मृत्यु भएको बताइएको छ। अलिजानीको शव केही दिनमा इरानमा पुर्याइने छ। घटना बारे थप विवरण भने सार्वजनिक गरिएको छैन । इरानले सन् २०११ देखि सिरियाली सरकारको अनुरोधमा सिरियामा आफ्ना सैन्य सल्लाहकारहरूको उपस्थिति  रहेको पुष्टि गरेको छ। रासस 
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार