तीज पर्वमा भड्किलो नगर्न प्रशासनको आग्रह

मंगलबार, भदौ ७, २०७९

तनहुँ, ।  हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा भड्किलो गरी नमनाउन यहाँको जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रशासनले पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन सूचना जारी गरी जिल्लाबासीलाई जानकारी गराएको हो । कुनै पनि खालका खर्चिला तथा महँगा गतिविधि नगर्नका लागि सार्वजनिकरूपमै जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । पर्व मनाउने नाममा अत्यन्त खर्चिलो र भड्किलो कार्यक्रम गर्ने गरेको भन्ने गुनासो आएसँगै आफ्नो परम्परा, सामाजिक रीतिरिवाजअनुरूप मनाउन आग्रह गरिएको उनले बताए  । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार