विजय एफएमकाे प्राथमिकता, 'सामाजिक, आर्थिक र विभेद अन्त्य'

गैंडाकोटको विजय एफएम १९ औँ वर्ष प्रवेश  
मंगलबार, भदौ ७, २०७९

ललितपुर । गैंडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएम  १९ औं वर्षमा प्रवेश गरेको छ । यो एफएम १०१.६ मेगाहर्जमा प्रसारण हुन्छ ।  ‘’सत्य तथ्य सूचनाको संचार, जनसशक्तिकरणको मूल आधार ’ भन्ने भाव सहित ०५७ सालमा यो एफएम खोलिएको हो । विजय सामुदायिक सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्धारा संचालित यो एफएम जिल्लाकै पहिलो र बढी प्रसारण क्षमता भएको रेडियो हो ।

यसले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता , सूचनाको हक र संचारमा सबैको पहुँच विस्तारका लागि सेवा पुर्याउँदै आएको छ । संस्थाका अध्यक्ष डा.भूमिराज चापागाईंले जनचासोका सवालहरुमा काम गर्न संस्था प्रतिबद्ध रहेको बताए । उनले स्थापना कालदेखि नै आवाजविहीनहरुको आवाजका रुपमा समाजमा विद्यमान सामाजिक, आर्थिक र सांस्कृतिक विभेद अन्त्य,अन्धविश्वास लैंगिक हिंसाको न्यूनिकरणका लागि रेडियोले सशक्त रुपमा काम गर्दै आइरहेको बताए ।  

विजय एफएमको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदन अधिकारीले सामुदायिक रेडियो विजय एफएमले समाजमा विध्यमान समस्या, संभावनालाई उठाएको बताए । नागरिकलाई सुसूचित गराउन रेडियो शसक्त माध्यम भएको बताउँदै नगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उपप्रमुख शान्ति कोइरालाले विजय एफएमले नागरिकलाई सुसूचित गराउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै यो एफएम गैँडाकोटको गौरव भएको बताइन् ।  

विजय सामूदायिक सूचना तथा संचार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष खेमराज सापकोटाले कठिन परिस्थितिको सहारा रेडियो हुने बताए । उनले प्राकृतिक प्रकोप र महामारीमा रेडियाले सम्प्रेषण गर्ने सूचना प्रभावकारी हुने प्रष्ट पारे ।  गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले सेवाग्राहीको सुन्न र सुनाउन पनि रेडियोको भूमिका महत्वपूर्ण हुने बताए ।  विजय एफएमको प्रवर्धक संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले नागरिकलाई सुसूचित गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन विजय एफएमको भूमिका महत्वपूर्ण भएको बताइन् ।

प्रवर्धक संस्था विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रसाद सापकोटाले विजय एफएम समुदायको आधार भएकाले जनचाहना र आवश्यक अनुसारको कार्यक्रम सम्प्रेषण गर्नुपर्ने बताए । उनले आलु लगाउने समयमा कृषिका कुरा, महामारीका बेला स्वास्थ्य विज्ञका कुरा, उत्साह र जागरणका विषयलाई रेडियोले प्राथमिकता दिनुपर्ने बताए ।  नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले रेडियोको अस्तित्व जोगाउन सबैको सहयोग आवश्यक भएको बताउँदै स्थानीय तहकोे भूमिका महत्वपूर्ण हुने धारणा राखे ।कार्यक्रम गैँडाकोट नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरुले मन्तव्य राखेका थिए  ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार