बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट ५१ वर्षीय फरार अभियुक्त पक्राउ

सोमबार, भदौ ६, २०७९

भक्तपुर,  । बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् ।पक्राउ पर्ने ५१ वर्षीय हरिकृष्ण कोजू रहेका छन् । भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराधमा पाँच हजार जरिवाना र तीन महिना कैद फैसला भई फरार रहेका प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ । 

जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको हो । उनलाई जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुचोकबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए । उनलाई सोमबार भक्तपुर जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार