आज दशैँको अन्तिम दिन, महालक्ष्मीको पूजाआराधना गरी समापन गरिँदै

आइतबार, कात्तिक ८, २०८३

काठमाडौं । आज बडादशैंको अन्तिम दिन अर्थात् आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा । आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर दशैँ समापन गरिन्छ । आज बेलुकी सबै बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा दशैँको टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ । विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार