ललितपुर १८ मा  वर्षमा २६ दिन मासु बेच्न नपाईने 

सोमबार, भदौ ६, २०७९


 ललितपुर ।  ललितपुर महानगरपालिका वडा नम्बर १८ ले हरेक एकादशी , बुद्धजयन्ती र महाशिवरात्रीमा मिट होलिडे गर्ने निर्णय गरेको छ ।  सोमबार वडामा रहेका मासु ब्यावसायी र वडा अध्यक्ष दामोदर खड्का सहित वडाको प्रतिनिधिसंग बसेको बैठकले सो निर्णय गरेको हो ।  निर्णय अनुसार सो वडामा वर्षमा २६ दिन मासु बिक्रि निषेध गरिएको हो । वर्षभरी २४ दिन एकादशी र २ दिन दुई ठुला चाड पर्छन ।  बैठकले गरेको निर्णयलाई मासु व्यावसायीले स्वागत गरेका थिए । मासु व्यावसायी कृष्णप्रसाद खड्गीले वडा कार्यालयको निर्णयलाई सबै व्यावसायीले स्वीकार गरेको बताए । उनले १८ संगै रहेको वडा नम्बर २५ लाई पनि यो नियम लागु गर्न आग्रह गर्नुपर्ने बताए । अर्का मासु व्यावसायी सुविन खड्गीले  वडाको निर्णयलाई कार्यान्व्यन गरेपछि ब्यवहारीक हुन केही दिन लाग्ने बताए  । 
बैठकमा बोल्दै वडा अध्यक्ष दामोदर खड्काले १८ सबै मासु व्यावसायीले गरेको निर्णयको स्वागत गरे  ।  उनल भने –ललितपुर महानगरपालिकाका २९ वडा मध्य यो निर्णय गर्ने १८ नम्बर वडा पहिलो भएको दाबी गरे  । 
 उनले वडावासीलाई स्वथ्य मासु खुवाउनुपर्ने , जो कोहीले देख्नेगरी काटमार गर्न नहुने, मासुको मुल्य सुचीमा एकरुपता गर्न मुल्य सूची राख्नुपर्ने  लगायतको निर्णय भएको जानकारी दिए । उनले भने –हामीले तपाईहरुकै साथ र सहयोगमा यो निर्णय गरेका छौ, यस्लाई एक महिनाभित्र कार्यान्वयन गर्नुस । उनले सबैको सहमतिमा भएको निर्णय कार्यान्वयन भए नभएको विषयमा निरन्तर अनुगमन गर्ने  बताए ।   298752226_359629999713691_1320268658271761874_n1661173790.jpg
 वडा सचिव निरन श्रेष्ठले निर्णयबारे जानकारी गराउदै एक महिनाभित्र कार्यान्वयन गर्न आग्रह गरे  । वडाले सबै मासु व्यावसायीलाई निर्णयमा हस्ताक्षर गराई प्रतिबद्धता जनाउन लगाएको छ । वडा सदस्य निरज कुँबर र गोपाल डंगोलले निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार