कपिलवस्तुमा कुटपिटबाट वृद्धको मृत्यु

सोमबार, भदौ ६, २०७९

बुटवल,  ।  कपिलवस्तुमा सिँचाइ कुलोको विषयमा विवाद हुँदा कुटपिटबाट एक जनाको ज्यान गएको छ ।महाराजगञ्ज नगरपालिका–२ पडरियाका ६८ वर्षीय अब्दुल जब्बार धुनियाको कुटपिटबाट उनको मृत्यु भएको हो । स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनिया र ३८ वर्षका अब्दुल रहमानलाई कुटपिट गरेका थिए ।कुटपिटबाट घाइते धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार