ललितपुरमा भुमिहिनको लगत संकलन सुरु

सोमबार, भदौ ६, २०७९

 ललितपुर । राष्ट्रिय भुमि आयोग ललितपुरले जिल्लाका ४ वटा पालिकामा लगतसंकलन सुरु भएको जानकारी दिएको छ । भुमि आयोगले भाद्र १ र २ गते गोरखापत्र दैनिकमा ३५ दिने सुचना प्रकाशित गरे लगत्तै गोदावरी नगरपालिका, बागमति गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकाकामा लगत संकलनको कार्य प्रारम्भ भएको हो ।  भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यबस्थित बसोवासीले आफ्नो वडामा गएर फर्म भर्न सक्ने भुमि आयोग जिल्ला समिति ललितपुरका अध्यक्ष श्रीगोबिन्द महर्जनले बताए । भुमिहिन सुकुम्बासी र अव्यबस्थित बसोवासीहरुले आफुलाई कुनै प्रकृया थाहा नभएमा आफ्नो वडा कार्यालय वा राष्ट्रिय भुमि आयोग ललितपुुरको कार्यालयमा गएर बुझ्न सकिने आयोगका अध्यक्ष महर्जनले जानकारी दिए । भुमि आयोग ललितपुरको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा छ । राष्ट्रिय भुमि आयोग ललितपुरका  सदस्य रमेश प्रसाद घिमिरेले ४ वटै पालिकामा कार्यपालिका सदस्यहरु र कर्मचारीहरुको लागि अभिमुखिकरण तालिमको आयोजना गरि आयोगको कार्यक्षेत्रबारे बिस्तृत जानकारी दिइसकेको बताए  ।  f83ff0f60c36f53459196a2bac6d33da1661168271.jpg

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार