राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरण  

आइतबार, भदौ ५, २०७९

काठमाडौँ, ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका दुवै विधेयक प्रमाणीकरण गरेकी छन्  । राष्ट्रपति कार्यालयका अनुसार उनले नेपालको संविधानबमोजिम नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्  । 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार