नेता गिरीको अन्तिम संस्कार आश्रममै गर्न बस्तीपुरवासीको माग 

आइतबार, भदौ ५, २०७९

लहान,  ।  नेपाली कांग्रेसका नेता प्रदीप गिरीको जन्मस्थल सिरहाको बस्तीपुरका स्थानीयले उनको अन्तिम संस्कार गाउँमै गर्न आग्रह गरेका छन् ।   समाजवादी चिन्तनक गिरीको अन्तिम इच्छा गाउँकै आश्रममा होस् भन्ने रहेकाले उनको शव गाउँमै ल्याएर अन्तिम संस्कार गर्न बस्तीपुरवासीको आग्रह छ ।  “उहाँले हामीसँग भेट्दा जहिले पनि म मरेपछि मेरो अन्तिम संस्कार आश्रमै गर्नुहोला भन्नुहुन्थो”, बस्तीपुरका ८० वर्षीय फेकु महतोले भने  “त्यसैले उहाँको शव गाउँमा ल्याउनुप¥यो, हामी उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन आतुर छौँ ।” उहाँलाई हामी गाउँमै सम्मानका साथ अन्तिम संस्कार गर्न चाहेका छौँ उनको भनाइ छ ।   
“प्रदीप बाबुभन्दा म कान्छो भए पनि बाल्यकालमा हामी सँगै खेल्थ्यौँ”, महतोले भने  “उहाँको निधन भएको खबरले असाध्यै पीडा भइरहेको छ, उहाँलाई अन्तिम दर्शन गर्ने हाम्रो इच्छा छ ।” त्यो इच्छा पूरा गर्न उनले सबैसँग आग्रह गरे  । 

    “प्रदीप दाई हाम्रो गाउँकै अभिभावक हुनुहुन्थ्यो”, बस्तीपुर गाउँका चलितर साहले भने  “उहँको यो समाजमा धेरै ठूलो योगदान छ, त्यो योगदानको सम्मान गर्ने हामीलाई मौका दिनुपर्छ ।” उहाँलाई हामी गाउँलेले ससम्मान अन्तिम संस्कार गर्छौ, साहको  भने । “हामीले उहाँको बुवा मित्रलाल गिरीको पनि गाउँमै अन्तिम संस्कार गर्‍यौ ”, उनले भने , “हामी चाहन्छौँ, प्रदीप बाबुको पनि गाउँमै संस्कार गर्न चाहन्छौँ, हाम्रो त्यो चाहना पूरा हुनुपर्छ ।”   
    
    शान्त र शालिन स्वाभावका व्यक्तित्व नेता गिरीले पुर्खौली गाउँ बस्तीपुर नजिकै खुट्टी खोलाको पश्चिम किनारमा आश्रम बनाएर बस्दै आएका  थिए । सो आश्रममा रेखदेख गर्दै आएका  स्थानीय रामकृष्ण चौधरीले भने , “प्रदीप दाइले कुराकानीका क्रममा मेरो अन्तिम संस्कार आश्रम मै होस् भन्ने इच्छा रहेको भन्नुभएको थियो, “त्यसैले पनि उहाँको यही नै अन्तिम संस्कार हुनुपर्छ भन्ने हाम्रो कुरा भनाइ हो ।” “उहाँको अन्तिम संस्कार गर्न हामी आतुर छौँ”, उनले भने , उहाँको शव गाउँमा ल्याइदिने वातावरण बनाइदिन उनले सबैसँग आग्रह गरे । 
    
    नेता गिरीको निधनमा शोकाकुल भएका गाउँहरु उहाँको राजधानीमै अन्तिम संस्कार हुने खबर पाएपछि थप पीडामा परेका  छन्  । “जन्मथलोमै उहाँको अन्तिम संस्कार गर्दा हामीलाई पनि न्याय हुन्थ्यो”, आश्रममै बस्दै आउनुभएका जितनीदेवी रामले भनिन  “उहाँ हाम्रो अभिभावक हुनुहुन्थ्यो, त्यसैले उहाँको अन्तिम दर्शन हामीले गर्न पाउनुपर्छ । हामीलाई त्यो अधिकारबाट बञ्चित गराउनु हुँदैन”,  ।  

    
                        

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार