स्थगित संसद बैठक सोमबार दिउँसो एक बजे बस्ने 

आइतबार, भदौ ५, २०७९

काठमाडौं । आज विहान ११ बजेटबाट सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको हिजो निधन भएको कारण आज संसद बैठक स्थगित गरिएको हो । 

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज एक सुचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सोमबारलाई सारिएको उनले जनाएका छन् । 

प्रतिनिधि सभाको अर्को बैठकल सोमबार दिउँसो एक बजे बस्ने जनाइएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार