गोर्खा खुकुरीको विधान सर्वसम्मतीले संशोधन

शनिबार, भदौ ४, २०७९

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय साधारण सभाले विधान संशोधन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ मा व्यवस्था गरिएको राष्ट्रिय खेल संघसम्बन्धी बुँदामा संघको विधान संशोधन गर्न शनिबार केन्द्रीय साधारण सभा बोलाइएको संघले जनाएको छ ।

संशोधित बुँदा सर्वसम्मतीले पारित गरेको संघले जनाएको छ । साधारण सभा ९२ जनाको उपस्थिति रहेको संघले जनाएको छ । साधारण सभाको संघका सल्लाहकार आनन्द कुमारले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार