सडक दुर्घटनामा इन्डोनेसियामा पाँच जनाको मृत्यु, चार घाइते

आइतबार, साउन २९, २०७९
Global Ime Bank

जाकार्ता,। पश्चिमी जाभाको सुकाबुमी रिजेन्सीबाट आइतबार सियानजुर जानेक्रममा गहुँ बोकेको ट्रकको ब्रेक फेल हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।उक्त ट्रकले पहिले सडक छेउमा पार्क गरिएका दुईवटा कारलाई र त्यसपछि विपरीत दिशाबाट आएका  अन्य तीनवटा मोटरसाइकल र केही पैदल यात्रुलाई समेत ठक्कर दिँदै  घरको बारमा ठोक्किएर पल्टिदा उक्त दुर्घटना भएको सियानजुरका प्रहरी प्रमुख डोनी हर्मावानले उल्लेख गरेका छन् । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदलयात्री रहेको हर्मावानले बताएका छन् । मृतक र घाइते सबैलाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ । दुर्घटनाले दुवैतर्फ ट्राफिक जाम भएकाले घाइतेलाई बाहिर निकाल्न स्वास्थ्यकर्मीलाई कठिनाइ भएको थियो।
 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १९:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार