प्यालेस्टिनी बालबालिकाको हत्याप्रति चिन्ता

बिहीबार, साउन २६, २०७९
Global Ime Bank

अमेरिका । इजरायली सेनाले कब्जा गरेको क्षेत्र र प्यालेस्टाइनमा भएका घटनाहरुमा  यस वर्षको शुरुदेखि हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्तिमा बताएको छ । द्वन्द्वको क्रममा कुनै पनि बालबालिकालाई चोट पुर्याउनु गहिरो चिन्ताजनक कुरा हो र यसवर्ष धेरै बालबालिकाको हत्या र अपाङ्ग समेत पारिएको अव्यावहारिक हो,’ अल जजीराले ब्याचेलेटलाई उद्धृत गर्दै जनाएको छ । 

गत हप्ता मात्रै कब्जा गरिएको प्यालेस्टाइन क्षेत्रमा १९ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको थियो, यस वर्षको सुरुदेखि हालसम्म बालबालिकाको मृत्यु हुनेको संख्या ३७ पुगेको छ । गत साताको अन्त्यमा इजरायली सेनाले गाजामा गरेको आक्रमणमा १७ जना बालबालिकाको मृत्यु भएको थियो । मङ्गलबार कब्जा गरिएको वेस्ट बैंकमा इजरायली कारबाहीमा थप दुई बालबालिका मारिएका अल जजीराले जानकारी दिएको छ । गाजामा इजरायली आक्रमणमा भारी सङ्ख्या सर्वसाधारण माएिका संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले बताएको छ । 
 
नागरिकहरुलाई मार्ने, घाइते पार्ने वा नागरिकका वस्तुहरुलाई क्षति पुर्‍याउने अन्तर्राष्ट्रिय मानवीय कानूनमा निषेध गरिएको छ । शुक्रबारदेखि आइतवारसम्मको तीन दिनको आक्रमणमा मारिएका ४८ प्यालेस्टाइनीहरूमध्ये कम्तीमा २२ जना सर्वसाधारण रहेका र ती मध्ये  १७ बालबालिका र चार महिला भएका संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले पुष्टि गरेको  छ । इजरायली आक्रमणमा १५१ बालबालिका, ५८ महिला र १९ वृद्धवृद्धासहित सर्वसाधारण नागरिक घाइते भएका छन् । रासस

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार