इमरान खानका सहयोगीलाई देशद्रोहको मुद्दा लगाइने

बिहीबार, साउन २६, २०७९
Global Ime Bank

इस्लामाबाद–पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सहयोगीमाथि देशद्रोहको मुद्दा लगाइने बताइएको छ । सेनामा विद्रोहलाई उक्साएको आरोपमा उनका सहयोगी शाहबाज गिललाई देशद्रोहको मुद्दा लगाउने तयारी भएको गृहमन्त्री राणा सनाउल्लाहलले बताएका छन् । 

खानका सल्लाहकार गिलले एउटा टेलिभिजनमा व्यक्त गरेको भनाईलाई लिएर उनीमाथि मुद्दा चलाउन लागिएको बताइएका छ ।  सेनामा विद्रोहलाई उक्साएको अभियोगमा गिलमाथि देशद्रोहको मुद्दा लाग्ने गृहमन्त्री सनाउल्लाहलले बताए । ‘हामीले यसको अनुसन्धान गर्न विशेष टोली गठन गरेका छौं’ उनले इस्लामाबादमा बुधबार पत्रकारहरूलाई भने, 'यो हाम्रा संस्थाहरूलाई बदनाम गर्ने योजनाबद्ध कदम हो ।’

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार