रियल मड्रिडलाई सुपर कप उपाधि

बिहीबार, साउन २६, २०७९
Global Ime Bank

काठमाडौं । आफ्नो करियरको ३२४औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधी रियल मड्रिडलाई जिताएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले सुपर कप उपाधी जितेको हो । रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे  ।

बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिग र युईएफए च्याम्पियन्स लिगको उपाधी जितेको थियो । 

बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन् । उनी कृष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् ।  ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार