बिहारको मुख्यमन्त्रीका रूपमा नितिशकुमारद्वारा आठौँपटक शपथ

बुधबार, साउन २५, २०७९
Global Ime Bank

पटना । बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नितिशकुमारले पटना राजभवनमा आज शपथ लिएका छन् । उनले मुख्यमन्त्रीको शपथ लिएको यो आठाँैँ पटक हो ।  भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर राज्यमा ठूलो राजनीतिक अस्तव्यस्तता व्याप्तभएको भोलिपल्ट उनी पुनः मुख्यमन्त्रीमा पदासिन भएका हुन् । सातदलीय महागठबन्धनको हिजोको बैठकले उनलाई नै उक्त पदका निम्ति चयन गरेको थियो । तेजश्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उनी फेरि सत्तामा पुगेका हुन् । 
राष्ट्रिय जनता दलका नेता यादवले पनि आजै राज्यको उपमुख्यमन्त्रीको शपथ लिए । राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायत उपस्थित थिए । 
जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुईसय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् ।
बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नितिशकुमारलाई एकसय ६४ जना विधायकको समर्थन छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार