इजरायली सेनाको हमलामा दुई प्यालेस्टाइनीको मृत्यु

बुधबार, साउन २५, २०७९
Global Ime Bank

गाजा सिटी । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एउटा घरमा छापा मार्ने क्रममा एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाको तटीय क्षेत्रमा  इजरायल र इस्लामिक जिहाद लडाकुबीचको घातक लडाइँ युद्धविरामद्वारा रोकिएको दुई दिनपछि पछिल्लो हिंसा भएको हो ।

 नाब्लसको पुरानो सहरमा प्यालेस्टिनी र इजरायली सुरक्षा बलबीच गोली हानाहान गरेका छन् । गोली हानाहानमा ४० प्यालेस्टिनी घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर छ ।

‘आतंकवादी इब्राहिम अल–नाबुलसी नाब्लस शहरमा मारिएको थिए’ इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार