टेनिस स्टार सेरेनाको सन्यास

बुधबार, साउन २५, २०७९
Global Ime Bank

काठमाडौं । टेनिस महिला स्टार सेरेना विलियम्सले संन्यासको घोषणा गरेकी छिन् । एक वर्ष कोर्टबाट बाहिर रहेपछि जुनमा फर्किएकी सेरेनाले युएस ओपनसँगै सन्यास लिने घोषणा गरेकी हुन् । उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाठा रहने घोषणा गरेकी हुन् । जुनमा उनी विम्बल्डन च्याम्पियनसिपबाट एक वर्षपछि टेनिसमा फर्किएकी थिइन् ।

४० वर्षीय अमेरिकी खेलाडीले पछिल्लो पटक सन् २०१७ मा ग्रान्डस्लाम जितेकी थिइन्  । उनीले  हालसम्म २३ ग्रान्डस्लाम जितेकी छिन् ।

हाल टोरन्टो ओपन खेलिरहेकी सेरेनाले उक्त प्रतियोगिताको पहिलो खेलमा जित निकालेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार