सोसल मिडिया
Contact Us
युनिकोड
ताइपेय । चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतवार समाप्त भएपछि ताइवान वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ ।
ताइवानका विदेशमन्त्रीले बेइजिङले आक्रमणको तयारी गर्न र एसिया–प्रशान्त क्षेत्रमा यथास्थिति परिवर्तन गर्न टापुलाई घेरेर हवाई र समुद्री अभ्यासहरू प्रयोग गरिरहेको बताएका छन् ।
वुले ताइपेईमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘चीनले ताइवानमाथि आक्रमणको तयारी गर्न अभ्यास र आफ्नो सैन्य प्लेबुक प्रयोग गरेको छ । ’
चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा ४ दिन सैन्य अभ्यास गर्ने जनाएको थियो । चिनियाँ सैन्य अभ्यासलाई ताइवानले टापुमा आक्रमण गर्न अभ्यासको रूपमा प्रयोग गरेको आरोप लगाएको छ । चिनियाँ विमान र जहाजहरू आफ्नो क्षेत्रीय पानीमा प्रवेश गरिनसकेको ताइवानले जनाएको छ । सैन्य अभ्यासको अमेरिका, अस्ट्रेलिया, जापानले निन्दा गरेका छन् ।
ताइवान स्ट्रेटमा तनावः ताइपेयको सेनाले पनि सुरु गर्यो सैन्य अभ्यास
ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै लाइभ फायर आर्टिलरी अभ्यास सुरु गरेको छ । ठूलो चिनियाँ सैन्य अभ्यासको केही दिनपछि मंगलबार ताइवानी सेनाले पनि उक्त अभ्यास गरेको हो । पिङतुङको दक्षिणी काउन्टीमा सैन्य अभ्यास भइरहेको ताइवानको आठौं आर्मी कोप्र्सका प्रवक्ता लोउ वोई–जेले जानकारी दिए ।
अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले गत साता ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गेको थियो । दशकौँपछि पहिलो पटक अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेकी थिइन् । अन्तर्राष्ट्रिय चासो र चीनको आक्रोशबीच एसिया भ्रमणका क्रममा पेलोसीले ताइवान भ्रमण गरेकी थिइन् ।
ताइवान लामो समयदेखि चीनको अतिक्रमणको त्रासमा छ । चीनले जहिले पनि ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ, यद्यपि ताइवानले भने आफूलाई स्वायत्त देश ठान्छ ।
मंगलबार र बिहीबार हुने ताइपेईको अभ्यासमा सयौं सेना र करिब ४० हाउविजर (लामो दूरीका हतियार) तैनाथ हुने सेनाले जनाएको छ ।–एजेन्सी