युक्रेन युद्धमा ८० हजार रुसीको मृत्यु भएको हुन सक्छ : अमेरिका

मंगलबार, साउन २४, २०७९
Global Ime Bank

न्युयोर्क । २४ फेब्रुवरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका  छन् । '६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसीको मृत्यु भएको हुन सक्छ', रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भने । यो अवधिमा रुसी सेनाले तीन देखि चार सशस्त्र वाहनहरू पनि गुमाएको पनि उनले बताए । 

युद्धको सुरुमा रुसीहरुले रूसी राष्ट्रपति भ्लादमिर पुटिनको लक्ष्य प्राप्त गर्न नसकेको पनि उनले दाबी  गरेका छन् । रुसले युक्रेनविरुद्धको हमला तीब्र पारिहेका बेला किभलाई पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् ।

युक्रेनको आणविक प्लान्टमा अन्तर्राष्ट्रिय निरीक्षकलाई पहुँच देउः गुटेरेज

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन आग्रह गरेका छन् ।  यसै सप्ताहन्तमा युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा रुसले गोलाबारी गरेको युक्रेनले आरोप लगाएपछि गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन अनुरोध गरेका हुन् ।

Guters1655106582.jpg

‘आणविक प्लान्टमा कुनै पनि आक्रमण आत्मघाती विषय हो’, गुटेरेजले जापानमा आयोजित एक पत्रकार सम्मेलनमा भने ।   विश्वको पहिलो आणविक बम विष्फोटको ७७ औं वर्षगाँठको सम्झनामा उनी जापानकाे हिरोसिमा आयाेजित समारोहमा उक्त धारणाा राखेका थिए ।

युक्रेनले शनिबार नयाँ रुसी गोलाबारीले तीन विकिरण सेन्सरलाई क्षति गरेकाे र जापोरिझिया पावर प्लान्टमा कामदारलाई चोट पुर्‍याएको उनले बताए ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले ‘आणविक आतंक’ छेडेको आरोप लगाउँदै मस्कोको आणविक क्षेत्रमा थप अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आवश्यकता रहेको बताएका छन् ।

अमेरिकाले युक्रेनलाई दियो थप अत्याधुनिक हतियार

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनका लागि थप सहयोगको घोषणा गरेको छ । पेन्टागनले युक्रेनका लागि १ अर्ब डलरको नयाँ सैन्य सहयोग घोषणा गरेको हो । पछिल्लो सैन्य सहयोगमा थप हिमर्स प्रणाली मिसाइ समावेश छन् । यी मिसाइलले युक्रेनी सेनालाई युद्ध मोर्चाभन्दा धेरै टाढाबाट रुसी फौजलाई हमला गर्न सहयोग गर्ने विश्वास गरिएको छ । 

प्याकेजमा रुसी विमान र रकेटविरुद्ध सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्रहरू, थप जेभलिन एन्टि–आर्मर रकेटहरू र अन्य गोला बारूदहरू पनि समावेश रहेको  अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । 

पछिल्ला समयमा रुसले आफ्नो सम्पूर्ण बल पश्चिमी युक्रेनमा केन्द्रित गरेको छ भने युक्रेनले रुसले कब्जा गरेको खेर्सन सहरलाई पुनः फिर्ता गर्ने दाउमा रणनीतिक युद्ध गरिरहेको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले ‘आणविक आतंक’ छेडेको आरोप लगाउँदै मस्कोको आणविक क्षेत्रमा थप अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आवश्यकता रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन आग्रह गरेका छन् ।  यसै सप्ताहन्तमा युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा रुसले गोलाबारी गरेको युक्रेनले आरोप लगाएपछि गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन अनुरोध गरेका हुन् ।

यसैबीच, २४ फेब्रुवरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले दाबी गरेका छन् ।

रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले यस्तो दाबी गरेका हुन् ।–एजेन्सी 


 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार