चीनले रोक्यो ताइवान वरपरको सैन्य अभ्यास 

सोमबार, साउन २३, २०७९
Global Ime Bank

बेइजिङ । चीनले ताइवानको वरपर गर्दै आएको अहिलेसम्मको ठूलो सैन्य अभ्यास आइतबार रोकेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि क्रुद्ध बेइजिङले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । 

अमेरिकी वरियाताक्रममा राष्ट्रपतिपछिकी पेलोसीको भ्रमणपछि वासिंगटनसँगको वार्ता र सहयोग सम्झौताहरूको श्रृंखला समाप्त पारिदिएको छ ।  विशेष गरी जलवायु परिवर्तन र रक्षा क्षेत्रमा गरिएका सहयोग सम्झौत अन्त्य गरिदिएको हो ।

ताइवान वरपर लडाकु जेट, युद्धपोत र ब्यालिस्टिक मिसाइलहरू पनि तैनाथ गरेको छ, जसलाई विश्लेषकहरूले नाकाबन्दी र टापुको अन्तिम आक्रमणको अभ्यासको रूपमा वर्णन गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार