नेपाली सेनासँग सघन सहकार्य खोज्दै चीन

चीनको चासोमा आईपीएस
सोमबार, मंसिर १५, २०७७

चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ फेङहे नेपाल चीन सम्बन्धभित्रको रक्षा रणनीति एवं सहकार्यबारे दुईपक्षीय छलफल सकेर अर्को छिमेकतर्फ लागेका छन् । क्वाड (अमेरिका, भारत, जापान र अस्ट्रेलिया) सहकार्यको चिन्तामा परेको चीनले आफ्नो छिमेकसँग सहकार्यमा बढवा दिने नीति अनुरुप नेपाल भ्रमणमा आएका हुन् । वेइ आठ घण्टा ’म्याराथुन भेटघाट’ पछि त्यसतर्फ लागे । नेपाल र चीनबीचको सुरक्षा सम्बन्धलाई थप सुदृढ र सैन्य सहायता अभिवृद्धिमा उनको जोड थियो । 
रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा उनको भमण भएको हो । यद्यपि उनलाई तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले चीन भ्रमणको समयमा नै निमन्त्रणा दिएका थिए । रक्षामन्त्री वेइले नेपाल र चीन सम्बन्धबारे दुईपक्षीय वार्ता प्रधानसेनापति पूर्णचन्द्र थापासँग गरे पनि मुख्य राजनीतिक वार्ता प्रधानमन्त्री ओलीसमक्ष गरे । 
प्रधानमन्त्री ओलीसँगको वार्तामा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी थिए । उप्रधानमन्त्री पोखरेल र उनीको तीन संयोगसँगै रहेको विषय पनि चर्चामा रहेको थियो । पोखरेल र वेइको जन्म एकै वर्ष (१९५२) रहेको थियो । कम्युनिस्ट पार्टीको सदस्यता पनि एउटै वर्ष (१९७२) मा लिएका थिए भने रक्षामन्त्री पनि एकै वर्षको एउटै साता (२०७४ फागुन १५मा पोखरेल र फागुन २२ मा वेइ)  भएका थिए । वेइजिङमा रक्षामन्त्री वेइले पोखरेललाई स्वागत गरे पनि यहाँ उनीसँग दुईपक्षीय वार्ता समेत छुट्टै हुन पाएन । किनकि वेइ भन्दा अगावै रक्षामन्त्रीबाट पोखरेल विदा भएर प्रधानमन्त्री कार्यातलय तथा मन्त्रिपपरिषद् हेर्ने जिम्मेवारीमा रहे । तर प्रधानमन्त्रीसँगैको भेटमा त्यो विषयले प्रशंसासमेत भएको थियो ।
गम्भीर विषयसँगै यस्ता स्मरणले बैठक हल्का ‘रिफ्रेस’ जस्तो रहेको सहभागीले बताए । रक्षा मन्त्रालयको कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले चीनले नेपालमा सञ्चार, रेल, पूर्वाधार, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको विकासमा सहयोग निरन्तर रहेको भन्दै खुशी व्यक्त गरेको उनका सल्लाहकार डा. राजन भट्टराईले बताए । नेपाल समृद्धिका क्षेत्रमा चीनको विकास र सफलताबाट सिक्न चाहेको कुरा प्रधानमन्त्रीले दोहो¥याएका थिए । चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनको सन्दर्भमा चीनमा कुनै समस्या नरहेको भन्दै यताको ढिलाइबारे प्रश्न गरेका थिए । भेटमा प्रधानमन्त्रीले ढिलाई हुनुको कारणबारे आफूले बुझ्ने भन्दै आफ्नातर्फ हेरेका थिए । दुवै मुलुक शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को मुलुकसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्ध जोड्न नहुने धारणा ओलीले रक्षमन्त्रीसमक्ष राखेका थिए । सल्लाहकार डा. भट्टराईका अनुसार, मन्त्री वेइले चीन क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्तिका पक्षमा समेत रहेको धारणा राख्दै शान्तिको क्षेत्रमा नेपालको सहकार्य रहने बताएका थिए ।
वर्तमान विश्व परिदृष्य र भारत–चीन सम्बन्ध तथा भारत अमेरिका सम्वन्ध, इन्डो प्यासिफिक रणनीति (आईपीएस) को बीचमा चीनले देखाएको छिमेक दौड आफैमा अर्थपूर्ण छ । नेपालबाट दुई पटक रक्षामन्त्रीको तहमा चीनतर्फ भ्रमण भए पनि चीनबाट यस्तो भ्रमण भएको थिएन । यसैले बेइजिङले राष्ट्रपति सि चिनफिङको भ्रमणको समयमा भएको सम्झौता कार्यावन्यनमा छलफल गर्न उनको भ्रमण भएको जनाए पनि मुख्य चिन्ता इन्डो प्यासिफक रणनीति र भारतको प्रभाव नै रहेको निश्कर्ष परराष्ट्र मन्त्रालयका अधिकारीको छ । भारत र चीनको सम्बन्धमा देखिएको टकरावले दुवैको तानातानमा नेपाल परेको छ । भारत, अमेरिकी शिविरमा प्रवेश गरेको चीनले रुचाउँदैन, तर त्यसको सन्तुलन मिलेको छैन ।
यही परिदृष्यमा भारतको छिमेकमा चीनले आफ्नो उपस्थिती बढाएको हो । एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार बिहान काठमाडौँ ओर्लेका चिनियाँ रक्षा मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री पोखरेललगायतसँग शिष्टाचार भेट गरे । आफ्नो दूतावासमा केही खास व्यक्तिहसँग छुट्टै गफ पनि गरेका थिए । उनको यो भ्रमण निकै अर्थपूर्ण रणनीतिक मानिएको छ । चीनमा सिपछिको शक्तिशाली व्यक्तिको आठघण्टे उक्त भ्रमणले नेपालमा चीनको उपस्थिती मात्र होइन निकै चासो रहेको संकेत गरेको छ ।
रक्षामन्त्रीको समकक्षी प्रधानसेनापतिलाई बनाइनुले चीनले रक्षा सहकार्य सेनासँग सघन बनाउने देखिएको हो । अन्य मुलुकमा भन्दा चीनमा अध्ययन गर्न जाने सैन्य अधिकारी बढ्दो छन् । वेइको स्वागत गृहमन्त्री रामबहादुर थापाले गरेका थिए । उनको भ्रमण कार्यगत तथा सदभावना भनिए पनि छिमेकसँग चीनको अन्तरक्रिया बढाउने भ्रमणको रुपमा सरकारले लिएको छ । चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमण पूरा भएको एक वर्षको अन्तरालमा उनका भ्रमण भएको हो । नेपालमा अर्को छिमेकीको लगातार भ्रमण भइरहँदा र कोभिड–१९ को कहरको बीचमा उनको भ्रमण हुनु सामान्य भने होइन

भारतीय विदेश सचिवपछिको वेइ भ्रमण
नेपाल र भारत परराष्ट्र सचिवस्तरीय वार्ता भए लगत्तै नेपाल आएका कारण पनि भ्रमणको चर्चा फरक दृष्टिबाट भएका छन् । भारतले नेपाललगायत छिमेकलाई सुरक्षा सल्लाहकार मार्फत नियाल्ने गर्छ । भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे मानार्थ सेनापति पद ग्रहण गर्नका लागि भएको नेपाल भ्रमण र त्यसअघि गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलको भ्रमणपछि भारतीय सचिव हर्षवद्र्धन श्रृंगला नेपाल आएका थिए ।  त्यस लगत्तै चिनियाँ रक्षामन्त्रीको भ्रमण हुनले नेपालको भूराजनीतिमा छिमेकी चासो छचल्किएको छ ।
नेपाल–चीनबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो । त्यसपछि अघि बढेको नेपाल चीन सम्बन्ध आफैँमा पुरानो भने होइन । नेपालको सम्बन्ध तिब्बतसँग थियो, तर चीनसँग तिब्बत विलयसँगै चीन नेपालको छिमेकी बनेको हो । चीन यसअघि नेपालमा देखिने गरी भन्दा पनि फरक शैलीबाट सहकार्य गर्ने गथ्र्याे, तर पछिल्लो समयमा सिधा सहकार्यमा जोड दिएको छ ।
हुन त, यसप्रकारका भ्रमणले नेपाल–चीन सम्बन्ध मात्र होइन उनीहरुको शिविरमा रहेका मुलुकसँगको सम्बन्धमा पनि सुधार ल्याउने छ । अर्कोतर्फ परस्पर विरोधीकोमा पनि त्यो प्रकारको सहकार्य हुन सक्नेछ । मैत्रीपूर्ण सहयोगको परम्परा र उच्चस्तरीय भ्रमण आदान–प्रदानले सम्वन्धमा निखारता ल्याउने हुनाले सबै खाले भ्रमणमा हामीले जोड दिनुपर्छ । यद्यपि ति भ्रमणहरु आफ्नो दल वा व्यक्तिको स्वार्थमा केन्द्रित नहोस् । नेपालको विकासका ‘एजेण्डा’ लाई छिमेकी टेको भनिरहेको अवस्थामा ‘हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल संरचना’ अन्तगरगतको कार्य अघि बढाउन जोड दिइएको बताइए पनि कुन तहमा कहाँ सहकार्य स्पष्ट छैन । चीनसँग स्वभाविक सहकार्यको लागि मुख्य नाका ब्यवस्थित हुन र रेल सेवाको सहकार्य अघि बढ्न आवश्यक रहेको सुझाव परराष्ट्र मन्त्रालयले दिएको थियो ।
बन्दरगाह, सडक, रेलमार्ग, हवाई यातायात तथा सञ्चारजस्ता महत्वपूर्ण संरचना अघि बढाउने उनको विस्तार गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनमा ल्याउने कार्य अलमलमा छ । नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी सन् २०३० सम्ममा मध्यम आययुक्त मुलुक बनाउने तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न चीन मात्र होइन अन्य मुलुकहरूको सहयोग नेपाललाई आवश्यक छ ।

चीनले यहाँ प्रतिरक्षा, सुरक्षाजस्ता संवेदनशील मामिलाको विषयमा बढी छलफल भएको र कतिपयमा सहकार्यको प्रस्ताव चीने राखेको छ । एक चीन नीतिप्रति नेपालको लगातार बचन बद्धता र तिब्बत र ताइवान चीनको भूभाग रहेको विषय दोहो¥याएको नेपालले चीनको ठोस सहयोग अझै पाउन नसकेको बताउँदै आएको छ । उनको भ्रमणपछि कोरोनाबाट स्थगन नेपाल चीन सैन्य अभ्यास सुचारु हुने भएको छ । कानून कार्यान्वयन गर्ने निकायबीच सूचना आदान–प्रदान, सैन्य क्षमता अभिवृद्धि, नेपाली सेनालाई प्रशिक्षण, जनमुक्ति सेना र नेपाली सेनाबीचको संयुक्त अभ्यासको निरन्तरता पाउने भएका छन् ।
रक्षामन्त्री वेइ नेतृत्व प्रतिनिधि मण्डललाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाबारे छोटो श्रव्यरदृश्य सामग्री प्रस्तुत गरिएको थियो । तत्पश्चात चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको जंगी अड्डाले जनाएको छ । मुख्यतः कोभिड–१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदान–प्रदानका कार्यहरुलाई सूचारु गर्ने सहमति बैठकमा भएको छ । चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । 
नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो ।
विगतमा भएका सहमति सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिबारे दुवैतर्फबाट समीक्षा भएको थियो । परराष्ट्र मन्त्रालयको समेत उपस्थितिमा भएको उक्त छलफलमा समस्या र सहकार्य हुन नसकेको पाटोमा बहस भएको थियो । कोभिडले गरेको असर र त्यसमा नाकामा नेपालीले भोग्नु परेको समस्या पनि परेका थिए ।
रक्षामन्त्री वेई र उनको प्रतिनिधिमण्डलले समग्र विषयहरुलाई सकारात्मक रुपमा लिएका छन् । आगामी दिनमा उच्चस्तरीय भ्रमण लगायतका द्धिपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने आश्वासन पनि उनले ब्यक्त गरेका थिए । 
वेईले नेपाली सेनाको कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गरेका थिए । चिनियाँ रक्षामन्त्रीको भ्रमणले दुई मुलुकका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न बल मिलेको सेनाले जनाएको छ । राष्ट्रपतिसँगको भेटमा भ्रमणमा भएका सम्झौताबारे छलफल मात्र होइन कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल भएको थियो ।
चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड(१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो ।
आठ घण्टाको व्यस्त कार्यतालिका पूरा गरेर इस्लामावाद प्रस्थान गर्नुअघि गृहमन्त्री रामबहादुर थापालाई आफ्नो भ्रमणबारे ‘ब्रिफिङ’ गर्दै रक्षामन्त्री वेइले प्रसन्न मुद्रामा भने, ‘म र मेरो प्रतिनिधिमण्डललाई प्रदान गरेको आतिथ्यताबाट म र मेरो प्रतिनिधिमण्डल ज्यादै प्रभावित भएको छ । हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ एवं उन्नत तुल्याउन मेरो भ्रमण सफल एवं सार्थक रह्यो ।’
नेपालको विकास प्रक्रियामा हरसम्भव सहयोग गर्न तथा सहयोगका दायरालाई थप विस्तार गर्न चीन प्रतिबद्ध रहेको बताउँदै उहाँले विकासका प्रशस्त सम्भावना भएको नेपाललाई निकटको असल छिमेकीका नाताले सघाउन चीन तत्पर रहेको दोहो¥याए । उनले भने, ’विकास निर्माणका काममा सहकार्य र साझेदारी गरौँ ।’ चिनियाँ विशिष्ट अतिथिले गृहमन्त्री थापालगायत नेपालका उच्च राजनीतिक नेतृत्वलाई बेइजिङमा स्वागत गर्न चीन सरकार आतुर रहेको बताउँदै उपयुक्त समयमा चीनको भ्रमण गर्न मन्त्री थापालाई आग्रह गरे । 
आफूले राष्ट्रपति विद्यादेवी भण्डारी  र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेटवार्ता गरेको र त्यसबाट आफू पूर्ण सन्तुष्ट रहेको उनले बताए । मन्त्री थापाले नेपाली सेनालाई अझ सबल एवं सुदृढ बनाउन थप सैन्य सहयोग प्रदान गर्ने चीन सरकारको निर्णयको स्वागत गर्दै  कृतज्ञता व्यक्त गरे ।
यसैबीच परराष्ट्र मन्त्रालयले राष्ट्रपति भण्डारी र  प्रधानमन्त्री ओलीबीच भएका भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध विषयमा विचारविमर्श भएको र परम्परागत द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान भएको बताएको छ । दुवै भेटमा आपसी हित र चासोका विषयका साथै दुई देशबीचको सम्बन्धलाई प्रवद्र्धन गर्नेबारेमा पनि छलफल भएको थियो । 
चिनियाँ रक्षामन्त्रीले आफ्नो मुलुकको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका आयोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको बताउँदै सम्बन्धित निकायहरुबाट आवश्यक सहयोग एवं सहजीकरणको अपेक्षा आफूले गरेको बताएका थिए । 
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्टता दर्शाउँदै नेपालले एक चीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेकामा कृतज्ञता व्यक्त गरेका थिए ।  
विकास र समृद्धिका लागि चिरस्थायी मैत्री दर्शाउने चीन(नेपाल रणनीतिक साझेदारीयुक्त सहयोगमा रचनात्मक योगदान गर्न तथा आपसी सहयोग एवं सम्पर्क विस्तारका साथै दुवै देशको उच्च नेतृत्वबीच भएका महत्वपूर्ण सहमति–समझदारीको कार्यान्वयनका निम्ति नेपालसँग सहकार्य गर्ने अभिलाषा पनि उनले व्यक्त गरे । गत वर्ष असोजमा चिनियाँ राष्ट्रपतिबाट भएको नेपालको ऐतिहासिक राजकीय भ्रमण र सन् २०१६ र २०१८ मा प्रधानमन्त्री ओलीबाट भएको चीनको भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता पनि भेटवार्तामा भएको थियो । 
रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले बिदाइ गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार