भारतमा उपराष्ट्रपति निर्वाचन सुरु

शनिबार, साउन २१, २०७९
Global Ime Bank

नयाँ दिल्ली । भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान  सुरु भएको छ । सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ । नयाँ उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइनेछ । सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगभर्नरको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् । 
 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार