किन्डरगार्टनमा चक्कु प्रहार, ३ जनाको मृत्यु

बुधबार, साउन १८, २०७९
Global Ime Bank

बेइजिङ,  ।  दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्टनमा बुधबार चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टनमा उक्त हमला भएको थियो ।४८ वर्षीय संदिग्ध फरार छन् ।  संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘सार्वजनिक सुरक्षा निकायहरूले संदिग्धलाई खोज्न हरसम्भव प्रयास गरिरहेका छन्’,  प्रहरी विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार