युक्रेनका राष्ट्रपति र नाटोका महासचिवबीच वार्ता

बुधबार, साउन १८, २०७९
Global Ime Bank

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलिन्स्किी र उत्तर एटलान्टिक सन्धी सङ्गठन, नाटोका महासचिवबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा युक्रेनलाई आगामी दिनमा नाटोले गराउने आवश्यक सहयोगका बारेमा कुराकानी भएको बताइएको छ । मङ्गलबार उनीहरुका बीचमा फोनवार्ता भएको थियो । वार्ताका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले नाटो महासचिव जेन्स स्टोलटेन्बर्गलाई युक्रेनको वर्तमान अवस्थाका बारेमा जानकारी गराएको थियो ।

त्यस अवसरमा उनले यसै वर्ष भएको ‘म्याड्रिड समिट २०२२’ मा भएको सहमति बमोजिम युक्रेनले हतियार प्राप्त गर्नुपर्ने विषयमा पनि स्मरण गराएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । युक्रेनमाथि रुसले आक्रमण गरेपछि केही महिनादेखि रुस र युक्रेनका बीचमा द्वन्द्व जारी रहेको छ । युद्धका कारण युक्रेनको आर्थिक अवस्था निकै कमजोर बन्दै गइरहेको बताइएको छ । त्यस कुराकानीका क्रममा राष्ट्रपति जेलिन्स्किीले युक्रेनले नाटो संगठन तथा नेटोका सदस्य राष्ट«हरुबाट ठूलो हतियारहरुको अपेक्षा गरिरहेको जानकारी दिए ।

स्पेनको राजधानीमा हालै भएको ‘म्याड्रिड समिट २०२२’ मा युक्रेनलाई हातहतियारका साथै इन्धन, सञ्चार प्रविधिमा सहयोग गर्ने सहमति भएको थियो । -रासस/सिन्हवा

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार