कोरियामा एकैदिन एकलाख एघार हजारभन्दा बढी सङ्क्रमित

मंगलबार, साउन १७, २०७९
Global Ime Bank

सोल ।  दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातसम्म एक लाख ११ हजार सात सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।  यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।  अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण धेरै बढेको पाइएको छ  । अघिल्लो दिन ४४ हजार छ सय ८९ जना एक दिनका सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो । नयाँ केसहरूमध्ये, पाँच सय ६८ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४५ हजार तीन सय ५ जना कोरोनामुक्त भएका छन् ।   गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ । यस अवधिमा थप १६ जनाको मृत्यु भएपछि कोरोना  शुरुभएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार ८४ पुगेको छ । कूल मृत्युदर ०।१३ प्रतिशत रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार