खाद्यान्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट छुट्यो

सोमबार, साउन १६, २०७९
Global Ime Bank

ओडेसा । रुससँगको ऐतिहासिक सम्झौताअन्तर्गत युक्रेनको खाद्यान्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट छुटेको छ ।  उक्त जहाज सोमबार बिहानै ओडेसाको दक्षिणी बन्दरगाहबाट छुटेको टर्कियो र युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसले युक्रेनी बन्दरगाहलाई फेब्रुवरीदेखि अवरोध गरिरहेको छ । तर, ढुवानी पुनः सञ्चालन गर्न दुबै पक्ष मञ्जुर भएका छन् । सम्झौताले विश्वव्यापी खाद्यान्न संकट सहज हुने र खाद्यान्नको मूल्य घट्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार