निजी विमानस्थल बनाउँदै मस्क

सोमबार, साउन १६, २०७९
Global Ime Bank

न्युयोर्क । टेस्लाका प्रमुख तथा विश्वकै धनाढ्य एलोन मस्कले टेक्सासमा निजी विमानस्थल निर्माण गर्ने योजना बनाएका छन् । मस्कले टेक्सासस्थित अस्टिनको पूर्वमा बास्ट्रोप नजिकै विमानस्थल बनाउने भएका हुन् । स्पेसएक्स, टेस्ला र द बोरिङ कम्पनीलगायत मस्कका कम्पनीहरू पहिले नै टेक्सासमा स्थापना भएका छन् ।   

तर, मस्कको निजी विमानस्थल बनाउने योजनाको आधिकारिक पुष्टि भएको छैन । यस कदमलाई विमानस्थल योजना कार्यमा राख्नुअघि एफएए  र वातावरणीय क्लियरेन्सको स्वीकृति आवश्यक हुनेछ । बोरिङ कम्पनीले आफ्नो मुख्यालय पनि टेक्सासमा सारेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार