युक्रेन युद्धका कारण राजीनामा दिएका पुटिनका दूत अस्पताल भर्ना

सोमबार, साउन १६, २०७९
Global Ime Bank

किभ । युक्रेनको युद्धका कारण क्रेमलिनको विशेष दूतको पद छोडेका अनातोली चुबैसलाई स्नायु प्रणालीमा असर गर्ने दुर्लभ अटोइम्युन डिसअर्डरका कारण अस्पताल भर्ना भएका छन् । चुबैसलाई गुइलेन–ब्यारे सिन्ड्रोम भएको छ । यसले रोग प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउछ । 

मार्चमा राजीनामा दिएर तुरुन्तै रुस छाडेका ६७ वर्षीय चुबैसलाई युरोपमा कुन अस्पतालमा भर्ना गरिएको छ भन्ने बारेमा स्पष्ट भएको छैन् । कुनै समय पूर्वराष्ट्रपति बोरिस येल्तसिनको प्रमुखको रूपमा काम गरेका चुबैसले राजीनामा गर्नुअघि राष्ट्रपति भ्लादिमिर पुटिनको अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्बन्धका लागि विशेष प्रतिनिधिको रूपमा काम गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार