रुसी गोलाबारीमा युक्रेनी व्यापारी मारिए

सोमबार, साउन १६, २०७९
Global Ime Bank

किभ । दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा युक्रेनका एक धनी व्यापारी आफ्नी श्रीमतीसहित मारिएका छन् । रुसी मिसाइल प्रहारमा ७४ वर्षीय ओलेक्सी भादाटुर्स्की र उनकी श्रीमती रायसाको मृत्यु भएको हो । रुसी सेनाले उनीहरू बसोबास गर्दै आएको घरमा मिसाइल प्रहार गरेको युक्रेनी मिडियाले जनाएको छ । भादाटुर्स्की अनाज निर्यातमा संलग्न समूह निबुलोनका मालिकसमेत थिए । उनले हिरो अफ युक्रेनको अवार्ड पाएका थिए । 
 
माइकोलाइभका मेयर ओलेक्जेन्डर सेन्केभिचले यो सहरमा अहिलेसम्मकै सबैभन्दा ठूलो रुसी बमबारी भएको बताएका छन् । रुसी बमबारीमा होटल, खेलकुद परिसर, दुई विद्यालय, सर्भिस स्टेसन र घरमा क्षति पुगेको छ । माइकोलाइभ युक्रेनको मुख्य बन्दरगाह ओडेसा जाने मुख्य मार्गमा छ । यो सहर बारम्बार आक्रमणमा परेको छ । 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार