फ्लोरिडामा गोली चल्यो, ७ जना घाइते

सोमबार, साउन १६, २०७९
Global Ime Bank

न्युयोर्क । फ्लोरिडाको डाउनटाउन ओर्लान्डोमा भएको सामूहिक गोलीकाण्डमा ७ जना घाइते भएका छन् । घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । आक्रमणकारी अझै फरार छन् । 

स्थानीय समयअनुसार आइतबार बिहान २ बजे उक्त गोलीकाण्ड भएको ओरलान्डो प्रहरी प्रमुख इरिक डी स्मिथले जनाएका छन् । 

एक अज्ञात आक्रमणकारीले एउटा हाते बन्दुक निकालेर भीडमा गोली हानेका थिए । आक्रमणमा सात जना घाइते भएका सीएनएनले जनाएको छ ।
आक्रमणकारीबारे प्रहरीले थप केही जानकारी दिएको छैन् । गैरसरकारी सस्था गन भ्वायलेन्स अर्काइभका अनुसार यो वर्ष कम्तीमा ३८१ जना घाइते भएका छन् ।–एजेन्सी  

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार