सुरक्षा कारबाहीमा परी पाकिस्तानमा एक सुरक्षाकर्मी र छ आतङ्कवादीको मृत्यु

शनिबार, साउन १४, २०७९
Global Ime Bank

इस्लामावाद ।  पाकिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा छ आतङ्कवादीको मृत्यु भएको छ । देशको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त अन्तर्गत पर्ने केच जिल्लामा भएको घटनामा परी उनीहरूको मृत्यु भएको हो । सोही क्रममा एक सुरक्षाकर्मीको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।  गोप्य सूचनाका आधारमा सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही चलाउँदा उनीहरूको मृत्यु भएको जनाइएको छ । 
सुरक्षा फौजले विभिन्न ठाउँमा खोजी तथा कारबाही अभियानलाई तिव्रताका साथ अगाडि बढाएको छ । 
सुरक्षा कारबाहीका क्रममा आतङ्ककारीहरूले प्रयोग गरेका हातहतियार तथा युद्ध बन्दोबस्तीका सामग्रीहरू पनि बरामद गरिएको छ । आतङ्कवादीहरूले शान्ति सुरक्षामा दखल पुर्याएको र मानवीय तथा भौतिक क्षति पुर्याएको भन्दै सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही तिव्र पारेका हुन् ।–रासस/सिन्ह्वा  

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार