चट्याङ र वर्षाका कारण २६ जनाको मृत्यु 

बुधबार, साउन ११, २०७९
Global Ime Bank

नयाँदिल्ली । पूर्वीराज्य बिहारमा चट्याङ र वर्षाजन्य घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका सरकारी सञ्चारमाध्यम अल इन्डिया रेडियोले जनाएको छ । मङ्गलबार देशका आठ जिल्लामा मेघगर्जन र चट्याङसहितको भारी वर्षाले जनजीवन प्रभावित भएको थियो । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गरिरहेका किसान छन् । कैमुरमा सबैभन्दा बढी नौ जनाको मृत्यु भएको छ भने भोजपुर, पटना, जेहानाबाद, रोहतश, औरङगाबाद, अरवाल र सिवान जिल्लामा १७ जनाको मृत्यु भएको समाचार रेडियोले प्रसारण गरेको छ ।  आगामी ४८ घण्टामा देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।  मुख्यमन्त्रीले मृतकका परिवारजनलाई रू चार लाख दिने घोषणा गरेका विहार राज्य सरकारका प्रवक्ताले बताएका छन् ।– रासस/सिन्ह्वा


 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार