सोसल मिडिया
Contact Us
युनिकोड
जिउक्वान । चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह आज अन्तरिक्षमा पठाइएको हो । अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन् । यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्ररूपमा विकास गरेको लिजियान–१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको छ ।
मोसुलस्थित टर्कीको वाणिज्य दूतावासलाई लक्ष्य गरी मोर्टार आक्रमण
इराकको उत्तरी प्रान्त निनेभेको राजधानी मोसुलस्थित टर्कीको वाणिज्य दूतावासलाई लक्ष्य गरी मङ्गलबार राति लगातार छ पटक भएका मोर्टार आक्रमणमा धेरै घरमा क्षति पुगेको मोसुल प्रहरीले बताएको छ । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । यही साउन ४ गते इराकको अर्ध–स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा टर्कीले गरेको बम आक्रमणमा नौ जना सर्वसाधारणको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएपछि मङ्गलबार राति उक्त आक्रमण भएको हो । टर्कीको सेनाले उक्त आक्रमण गरेको आरोप इराक सरकारले लगाएको छ भने त्यसको अङ्काराले अस्वीकार गरेको छ । टर्कीको सेनाले इराकको कुर्दिस्तान तथा विशेष गरी कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) को मुख्य आधार कान्दिल पर्वतमा बारम्बार स्थल कारबाही, हवाई आक्रमण र बम प्रहार गर्दै आएको छ । टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले आतङ्कवादी सङ्गठनकोरूपमा सूचीबद्ध गरेका पिकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ ।– रासस/सिन्ह्वा