राहुल गान्धी पक्राउ

मंगलबार, साउन १०, २०७९
Global Ime Bank

नयाँ दिल्ली  । भातीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन् ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार