सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष सोनिया गान्धीमाथि दोस्रो पटक सोधपुछ

मंगलबार, साउन १०, २०७९
Global Ime Bank

नयाँ दिल्ली । सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी आज मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन् । 

नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय ९ईडी० मुख्यालयमा जाँदैछिन् । 

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेसले विरोध गरेको छ । सोधपुछपछि  राहुल गान्धीको नेतृत्वमा कंग्रेस सांसदहरूले विरोध प्रदर्शन गरेका छन् । विपक्षी नेताहरूलाई निशाना बनाउने केन्द्रीय एजेन्सीहरूको कथित दुरुपयोग गरेको आरोप लगाउँदै त्यसको विरोधमा  संसद भवनबाट राष्ट्रपति भवनसम्म कांग्रेस सांसदहरूले मार्च गरेका थिए । मार्चको नेतृत्व कंग्रेस नेता राहुल गान्धीले गरेका थिए ।

यसअघि सोही मुद्दामा राहुल गान्धी पटक पटक इडीमा उपस्थित भएका थिए। उनलाई त्यहाँ घन्टौंसम्म सोधपुछ गरिएको थियो ।–एजेन्सी

 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार