प्रधानमन्त्रीबाट राजीनामा दिन चाहन्नन् जोनसन : रिपोर्ट

मंगलबार, साउन १०, २०७९
Global Ime Bank

लन्डन  । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पूर्व कोषाध्यक्ष पिटर क्रुडासलाई आफू बेलायतको प्रधानमन्त्रीको रूपमा ‘राजिनामा दिन नचाहेको’ र प्रधानमन्त्रीबाट आफ्नो प्रस्थानलाई ‘पन्छाउन’ चाहेको बताएको टेलिग्राफले सोमबार रिपोर्ट गरेको छ ।

जोनसनले शुक्रबार दिउँसोको खाजामा क्रुडासलाई आफू ‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा अर्को आमचुनाव लड्न चाहेको’ रिपोर्टमा उल्लेख छ ।

‘बोरिसको दृष्टिकोणमा कुनै अस्पष्टता थिएन। उनी पक्कै पनि राजीनामा दिन चाहँदैनन्। उनी प्रधानमन्त्रीमा निरन्तर रहन चाहन्छन्,’ क्रुडासलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ ।

बेलायतमा कन्जरभेटिभ पार्टीको नयाँ नेता चयनको लागि पक्रिया सुरु भइसकेको छ । कन्जरभेटिभको संसदीय दलमा निर्वाचित नेता प्रधानमन्त्री बन्न सक्छन् । सेप्टेम्बरको पहिलो सातासम्म देशले नयाँ प्रधानमन्त्री पाउने अपेक्षा गरिएको छ ।–एजेन्सी

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार