दक्षिणी जापानमा ज्वालामुखी विष्फोटः दर्जनौँ मानिसलाई घर छोड्न आग्रह

सोमबार, साउन ९, २०७९
Global Ime Bank

टोकियो । दक्षिणी जापानमा ज्वालामुखी विष्फोट भएपछि दर्जनौं मानिसहरूलाई आफ्नो घर छोड्न आग्रह गरिएको छ । राष्ट्रिय मौसम निकायले पहाडको लागि उच्च चेतावनी जारी गरेको छ । टेलिभिजन फुटेजमा रातो–तातो चट्टानहरू र कागोशिमाको साकुराजिमा ज्वालामुखीबाट विस्फोट भएको देख्न सकिन्छ ।

क्षतिको तत्काल कुनै रिपोर्ट नआएको उपप्रमुख क्याबिनेट सचिव योसिहिको इसोजाकीले भने। प्रधानमन्त्री फुमियो किसिदाले सरकारलाई स्थानीय नगरपालिकासँग मिलेर काम गर्न निर्देशन दिएका छन् । 

स्थानान्तरणमार्फत क्षति रोकथाम सुनिश्चित गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । आइतवारको विस्फोटले क्रेटरबाट करिब २.५ किलोमिटर (१.५ माइल) ठूला सिन्डरहरू निस्कियो, जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ । 

ज्वालामुखीको  धुवाँ करिब ३०० मिटर उचाइसम्म पुगेर  बादलमा विलीन भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार