सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ललितपुर, नवलपरासी पूर्व० महोत्तरी र पर्सामा चार जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु सिद्धिपुर बस्ने सर्लाही घर भएकी ४२ वर्षीया जमुना तामाङ आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित नारायणी नदी किनारमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको औरही नगरपालिका–७ भोईलस्थित सडकमा रहेको पोखरीमा हाल पहिचान नखुलेका करिब ४३ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१६ वीरगञ्ज भन्सारको कम्पाउण्डभित्र हाल पहिचान नखुलेका करिब २२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।