नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

आइतबार, साउन ८, २०७९

सर्लाही, । हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट एक हजार दरको ५० थान नेपाली नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी सोनवर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवान छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरू सहित फेला पारी पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार