भक्तपुरमा प्रहरीमाथि हातपात, दुई जना पक्राउ 

आइतबार, साउन ८, २०७९

भक्तपुर, ।  प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत दुई जना छन् । उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका–१ सिरूटार धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीले जाँच गर्न रोकेका थिए । त्यसपछि उनीहरूले प्रहरीमाथि हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार