आबेको राजकीय अन्त्यष्टिमा पुटिनलाई सहभागी नगराइने

आइतबार, साउन ८, २०७९
Global Ime Bank

किभ । जापानको फुमियो किसिदा सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी नगराउने भएको छ ।  रुसले युक्रेनमा आक्रमण गरेपछि जापानले पुटिनलाई प्रतिबन्ध लगाएको छ । तसर्थ, पुटिनले आबेको अन्तिम संस्कारमा भाग लिने निर्णय गरे पनि उनलाई अनुमति नदिइने जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।  

हत्यापछि आबेको पारिवारिक अन्त्येष्टि सम्पन्न भइसकेका छ । तर, सरकारले सेप्टेम्बर २७ मा सार्वजनिक र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा औपचारिक राजकीय अन्त्येष्टि आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रम मध्य टोकियोको निप्पोन बुडोकानमा हुने अनुमान छ । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले विश्वभरका सबै ठूला राजनीतिक नेताहरूलाई निमन्त्रणा दिने अपेक्षा गरिएको छ।

रुस–युक्रेन युद्धपछि जापान युक्रेनको पक्षमा उभिएको छ । अहिलेसम्म टोकियोले मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाएको छ भने युक्रेनलाई सैन्य हतियार उपलब्ध गराएको छ । 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार