सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । कोभिड–१९ विरुद्ध खोप कार्यक्रम विश्वका धेरै मुलुकहरूमा सुरु भएको छ । तर माग र आपूर्तिमा भने तालमेल देखिँदैन । वल्र्ड इन डेटाको तथ्यांकअनुसार हालसम्म १३८ राष्ट्रमा खोपका ५६ करोडभन्दा बढी मात्रा सर्वसाधारणहरूलाई दिइसकिएको छ । मार्च ३० तारिखमा मात्रै झन्डै एक करोड ३९ लाख मात्रा खोप दिइएको थियो । हेर्दा यो संख्या उल्लेख्य लाग्न सक्छ । तर ७.८ अर्ब मानिस भएको विश्वमा यो मात्रा करिब ७.२ प्रतिशत मानिसलाई खोपको एक मात्रै मात्रा उपलब्ध गराउन पर्याप्त छ । यही गतिमा खोप दिइए विश्वभरि सबैलाई खोप दिन तीन वर्षभन्दा बढी समय लाग्न सक्छ । धनी राष्ट्रहरूले खोप कार्यक्रमलाई तीव्र गतिमा अघि बढाइरहेका छन् । ‘खोपले महामारीको ज्वारभाटालाई मोड्न ठूलो आशा प्रदान गर्छ’ विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘तर विश्वलाई सुरक्षित राख्न हामीले खोप खरिद गर्न सक्ने देशका सर्वसाधारण मानिसहरू मात्रै नभएर जोखिममा रहेका सबैलाई खोप उपलब्ध गराउनुपर्छ’ खोपले विश्वलाई सामान्य अवस्थामा फर्किन सहयोग गर्नेछ भन्ने कुरा हामीलाई थाहा छ तर कैयौँ बाधाका कारण यो यात्रा सबैका लागि छोटो नहुन सक्छ । उदाहरणका लागि केही देश र राजनीतिक समूहले खोप उपलब्ध हुना साथ आपूर्तिका लागि प्रतिस्पर्धा गर्न थालेका थिए । अनि ‘खोप राष्ट्रवाद’ ले गरिब देशका सर्वसाधारण मानिसलाई लामको पुछारतिर धकेलिरहेको छ । खोप लिने नलिने विषयमा अन्योल, उत्पादन र ढुवानीमा देखिएको समस्याले पनि ‘हर्ड इम्यूनिटी’ अर्थात् कुनै समुदायका धेरै सदस्य संक्रमित हुँदा भाइरसले नयाँ संक्रमण गराउन नसक्ने अवस्थामा पुग्ने अवस्थामा पुग्ने कुरामा तगारो बनेको छ जुन कोभिड–१९ विरुद्ध युद्धको अन्तिम लक्ष्य हो ।
कुन कुन खोप प्रयोगमा छन ? सबैभन्दा पहिले फाइजर–बायोएनटेकले विकास गरेको खोप सार्वजनिक प्रयोगका लागि गत डिसेम्बर २ तारिखमा यूकेले स्वीकृत गरेको थियो । लगत्तै अमेरिका, युरोपेली संघ र विश्व स्वास्थ्य संगठनले उक्त खोप स्वीकृत गरे । त्यसपछि अमेरिकामा विकासित मोर्डेर्ना, यूकेमा अक्सफोर्ड विश्वविद्यालयले बनाएको अस्ट्राजेनेका, चीनको सिनोफार्मले बनाएको सिनोभ्याक अनि रुसद्वारा विकसित स्पुत्निक प्रयोगमा आए । अन्य दुई खोपको ठूलो दायरामा गरिएको परीक्षणबारे नतिजा पनि भर्खरै सार्वजनिक भएको छ । जोन्सन एन्ड जोन्सन र नोभ्याक्सले बनाएका छुट्टाछुट्टै खोपलाई औषधि नियामकहरूले प्रयोगका लागि स्वीकृत गर्नुअघि समीक्षा गर्नेछन् ।
‘खोप राष्ट्रवाद’ के हो ? आफ्ना देशका नागरिकहरूका लागि अनुचित तरिकाबाट खोप उपलब्ध गराउनका लागि विभिन्न देशका सरकारहरूले चाल्ने पहललाई ‘खोप राष्ट्रवाद’ का रूपमा व्याख्या गरिन्छ । कैयौँ धनी राष्ट्रहरूले दुईपक्षिय सम्झौता गर्दै आफूलाई आवश्यक पर्नेभन्दा निकै धेरै संख्यामा उत्पादकहरूबाट खोप खरिद गरिरहेका छन् । क्यानडाले आफ्नो जनसंख्यालाई खोपको पूर्ण मात्रा पाँच पटकसम्म लगाउन पुग्ने गरी मगाएको छ । उदाहरणका लागि क्यानडाले आफ्नो जनसंख्यालाई खोपको पूर्ण मात्रा पाँच पटकसम्म लगाउन पुग्नेगरी मगाएको छ । त्यसबाहेक उसले अमेरिकामा खपत नभएको अस्ट्राजेनेका खोप पनि प्राप्त गर्नेछ ।
पुग्नुपर्ने ठाउँमा खोप पुगिरहेको छ त? कैयौँ मध्यम र कम आय स्तर भएका राष्ट्रहरू खोपका लागि कोभ्याक्स सुविधामा निर्भर छन् । विश्व स्वास्थ्य सङ्गठनले नेतृत्व गरेको यो अभियानको उद्देश्य आर्थिक रूपमा विपन्न राष्ट्रहरूलाई खोपको छ अर्ब मात्रा उपलब्ध गराउनु हो जसमध्ये सन् २०२१ मा दुई अर्ब मात्रा दिइनेछ । कोभ्याक्स सुविधामार्फत् हालसम्म ७० राष्ट्रलाई तीन करोड २० लाख खोपका मात्रा उपलब्ध गराइएको छ । आफ्नो जनसंख्याको ठूलो मात्रालाई खोप दिने कुरामा अफ्रिकी राष्ट्रहरू पछि पर्ने र उनीहरू कोम्याक्स सुविधामा भर पर्ने ठानिएको छ । कोम्याक्स सुविधामार्फत् खोप प्राप्त गर्ने पहिलो अफ्रिकी राष्ट्र घाना बन्यो । उसले तीव्र गतिमा खोप वितरण गर्ने वाचा गर्नुका साथै अन्य मापदण्ड पूरा गरेसँगै गत महिना खोप प्राप्त गरेको थियो । तर तीन करोड १० लाख जनसंख्या रहेको उक्त मुलुकले पहिलो खेपमा खोपका छ लाख मात्रा मात्रै प्राप्त गरेको छ । खोप खरिद गर्नका लागि बेलैमा सम्झौता नगरेका कारण पश्चिमा राष्ट्रहरूभन्दा उनीहरूले बढी मूल्य तिर्नुपर्ने हुन सक्छ । सबैखाले भाइरसमा उत्परिवर्तन हुन्छ र जीवितै रहन नयाँ प्रकार बन्ने गर्छ । कोरोनाभाइरसको हालसम्म यूके, ब्रजिल र दक्षिण अफ्रिकी भेरिअन्ट (प्रकार) फेला परेका छन्
खोपको अभाव यी प्रकारले गम्भीर बिरामी पार्ने विषयबारे कुनै प्रमाण छैन । धेरै विज्ञहरूले छोटो समयका लागि भए पनि खोप प्रभावकारी हुने ठान्छन् । तर कोभिड–१९ लाई विश्वभरि फैलन दिँदा भाइरसको उत्परिवर्तन हालसम्म विकास भएका खोपबाट नियन्त्रण गर्ने नसकिनेगरी हुन सक्छ जसले खोप प्राप्त गरिसकेकाहरू समेत पुनः संक्रमित हुने जोखिम बढाउँछ ।–बीबीसी