सोसल मिडिया
Contact Us
युनिकोड
सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिका २७ नं. वडा कार्यालयल सुनाकोठीले भीम रथारोहण गरेका सुनाकोठीका आजु अजिहरूलाई काठमाडौं जिल्लाको टोखा नगरपालिकामा अवस्थित सपनतिर्थमा १ दिने धार्मिक भ्रमण गराएको छ । महानगरको २७ नं. वडा कार्यालयको आयोजनामा भीम रथारोहण गरेका वडाका ज्येष्ठ नागरिकहरूलाई एक दिने धार्मिक तीर्थ स्थल भ्रमण गराइएको वडाअध्यक्ष कृष्णहरि महर्जनले जानकारी दिए । तीर्थस्थल भ्रमणपछि आयोजित एक संक्षिप्त कार्यक्रममा वडाअध्यक्ष महर्जनले आफ्नो वडाले ज्येष्ठ नागरिकहरूका लागि उत्कृष्ठ कार्यक्रम गर्दै आएको जानकारी दिए । उनका अनुसार वडाले पहिलो वर्ष ज्येष्ठ नागरिकहरूलाई सुगर–प्रेसरको औषधि वितरण गरेको थियो । वडाले ज्येष्ठ नागरिकहरूलाई सहयोग होस भनेर यो वर्षदेखि ल्याब सेवा सञ्चालन गर्दै चिकित्सकको पनि बन्दोबस्त गरेको पनि त्यस अवसरमा वडाअध्यक्ष महर्जनले जानकारी दिए ।