सरकारले रोक्यो सार्वजनिक सवारीको नयाँ दर्ता

शुक्रबार, जेठ ८, २०८३

काठमाडौं ।  सरकारले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्तामा रोक लगाएको छ । यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालय र देशभरका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी साधन दर्ता नगर्न भनेको हो । सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण बढेको, सडकमा सवारीको चाप र ट्राफिक जामले आवतजावतमा चरम कठिनाइ भएको भन्दै विभागले नयाँ दर्ता रोक्ने निर्णय गरेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा १४ को उपदफा ९३० अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित अन्य कारणले कुनै किसिमका सवारीसाधनको दर्ता रोक्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  ११:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार